बाहुण्डाँगी जेसीजको आयोजनामा लोम अफिसर तालिम शनिवार(Feb 26 2022) सम्पन्न भएको छ ।
सरस्वती माविमा आयोजित तालिम शाखाका पूर्व अध्यक्ष पुष्कर ढकालले प्रशिश्रण गर्नु भएको थियो । तालिममा पदाधिकारी र सदस्यसहित ३५ जनाको सहभागिता रहेको थियो ।
शाखाका २०२२ का अध्यक्ष हेमन्त मोक्तानको सभापतित्व तथा शाखाका पूर्व अध्यक्ष उत्तम सिठुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्ष जीवन मोते, कञ्चन उप्रेती, सागर कार्कीलगायतको सहभागिता रहेको थियो ।
तालिम संयोजक कमल गोलेले स्वागत गरेको कार्यक्रमको आस्था पाठ पवन बराइली र सञ्चालन महासचिव प्रविण भण्डारीले गर्नु भएको थियो ।

