बाहुण्डाँगी जेसीजको २०२२ को बोर्डका पदाधिकारीहरुलाई पूर्व अध्यक्ष क्लबद्धारा स्वागत तथा सम्मान गरिएको छ ।
सामुदायिक भवनमा आयोजित एक समारोहका बिच २०२२ का लागि निर्वाचित पदाधिकारीहरुलाई होली पर्वको अवसर पारेर स्वागत तथा सम्मान गरिएको हो ।
पूर्व अध्यक्ष क्लबका अध्यक्ष बद्री निरौलाको सभापतित्व तथा संस्थाका संस्थापक अध्यक्ष नविन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा व निर्वाचित अध्यक्ष हेमन्त मोक्तानसहित पदाधिकारीहरुलाई खदा र अबिर लगाएर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु सिठुङ, पुष्कर ढकाल, जीवन मोते, कञ्चन उप्रेतीलगायतको सहभागिता रहेको थियो । पुष्कर ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव तथा पूर्व अध्यक्ष सागर कार्कीले गर्नु भएको थियो ।
News & Updates

