बाहुण्डाँगी । स्वर्गिय माताको स्मृतिमा बाहुण्डाँगी जेसीज वर्ष २०२२ का निवर्तमान अध्यक्ष तथा मेचिनगर नगरपालिका वडा नं।२ का वडा अध्यक्ष दिपक बरालले नगद एक लाख सहितको बाहुण्डाँगी जेसीज अक्षयकोष स्थापना गरेका छन् ।
२०२१ मा आफु अध्यक्ष भएपछि आमाको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गनुए भएको थियो । उक्त समयमा ५० हजारको घोषणा भए पनि बरालले त्यसलाई थप गरेर १ लाखको बनाउनु भएको छ । उहाँले उक्त रकम वडा अध्यक्षले पाउने तलब तथा सुविधाबाट प्राप्त रकमबाट अक्षयकोषको स्थापना गर्नु भएको हो ।
निवर्तमान जेसी अध्यक्ष बरालले स्वाः माता चन्द्रकला बरालको स्मृतिमा बाहुण्डाँगी जेसीज मार्फत अक्षयकोष स्थापना गर्न पाउँदा आफुलाई गौरव लागेको बताए । साथै उनले अभिभावकले देखाएको सामाजिक कार्यको बाटोलाई अंगाल्दै मानव सेवामा समर्पित बाहुण्डाँगी जेसीजलाई पितृको सम्झनामा सानो सहयोग गरेको बताए ।
बाहुण्डाँगी जेसीज वर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तानको सभापतित्व तथा संस्थापक अध्यक्ष नविन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष पुष्कर ढकाल र निवर्तमन अध्यक्ष दिपक बरालले बोल्नु भएको थियो । कार्यक्रम संयोजक केवल निरौलाले गर्नु भएको थियो । किरण गौतमले आस्थापाठ गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव प्रविण भण्डारीले गर्नु भएको थियो ।

