बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले आफ्नो आधिकारी वेवसाइड सञ्चालनमा ल्याएको छ । शनिवार हात्तीरिसोर्ट मेचीनगर ४ मा आयोजित एक समारोहकाबिच वेवसाइडको उद्घाटन गरिएको हो । शाखाका संस्थापक नविन बरालले ल्यापटपमा माउस क्लिक गरेर उद्घाटन गर्नुभएको थियो । यो सँगै नेपाल जेसीजका ४ वटा शाखामा वेवसाइड सञ्चालनमा आएका छन् । उक्त वेवसाइड खोल्नका लागि https://jcibahundangi.org.np/ लगअन गर्नु पर्ने हुन्छ । वेवसाइडमा शाखाका बारेमा, पदाधारी, पूर्व अध्यक्षहरुको बारेमा जानकारी गराइएको छ । शाखाका सदस्य तथा पदाधिकारीहरुलाई हरेक वर्ष अपडेट गर्नु पर्नेछ । साथै सदस्यहरुको सदस्यता शुल्क बुझाएपछि यसमा समावेश गर्ने सिस्टम राखिएको वेवसाइडका डिजाइनर तथा शाखाका उपाध्यक्ष मिनेस सापकोटाले बताउनु भयो । शाखाका अध्यक्ष हेमन्त मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नविन बराल, पूर्व अध्यक्ष पुष्कर ढकालर निवर्तमान अध्यक्ष दिपक बरालले वेवसाइड खोलेकामा प्रशंसा व्यक्त गर्नु भएको थियो ।

